धनुषामा एक महिलाको विभत्स हत्या

|

मङ्सिर २१, डेस्क। धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको विदेहनगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।

हत्या भएको अवस्थामा उनको शव बुधबार दिउँसो घरभन्दा करिब डेढ किलोमिटरको दुरीमा शिवनारायण मण्डलको खेतमा भेटिएको हो । उनको शरीरको भाग र टाउको करिब ३० मिटरको दुरीमा फेला परेको हो । टाउकोको भाग कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थिए । शरीर र टाउको भेटेको भन्दा सयमिटर पर रगत बगेको देखिएको छ ।

धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ । घटना पश्चात संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । अहिले एकजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको धनुषा प्रहरीले बताएका हुन्।

चर्चित समाचार


भर्खरै प्रकाशित