मंसिर २०, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टस्ले लगातार तेस्रो जित हात पारेको छ।
आज बिहिवार भएको खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ। यो सँगै पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको दुई खेल मध्ये दुवै मा पराजित भएका छन्। पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुर बोल्टस्ले १७.१ ओभरमा ०३ विकेट गुमाएर जित हासिल गरेको छ।
जनकपुर बोल्टस्का लागि अनिल साहले १, आसिफले ३३, मिलान्था ४५, जेम्स निसम ४० र हर्ष ठाकेर १३ रन बनाउँदा सजिलै जित हात परेका छन्।







