आज दिउँसो काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

|

मंसिर २०, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। एनपीएलको दुई खेलमध्ये एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो जितको खोजीमा छ।

काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने बुधबार मात्रै कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो। सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा काठमाडौँ जितको लयलाई कायम राख्न चाहन्छ।

काठमाडौं करण केसीको कप्तानीमा मैदान उत्रिँदै छ। सुदूरपश्चिमको कमान्ड भने दीपेन्द्रसिंह ऐरीले सम्हाल्दै छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित