मंसिर १९, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज बुधवार खेलिएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य दिन सफल भएको हो।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारीकाठमाडौँ गुर्खाजविरुद्धको खेलमा धवनले अर्धशतक बनाएका हुन् । धवन भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । उनले ४३ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस क्रममा उनले तीन छक्का र तीन चौका पनि हिर्काए । जारी एनपीएलमा बनेको यो छैटौँ अर्धशतक पनि हो ।






