जनकपुर विरूद्ध कर्णालीले टस जितेर ब्याटिङ गर्ने

|

मंसिर १७, डेस्क। काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेल अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् । कर्णालीमा भारतका शिखर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ। दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडी मध्येमा पर्छन्।

जनकपुर बोल्ट्सको कप्तान अनिलकुमार साह रहेका छन्। उनीसँगै आसिफ शेख, ललित राजवंशी टोलीमा छन्। शनिबार विराटनगरलाई हराउँदा योगदान गरेका खेलाहिरू मिलान्था र हर्ष थाकरले पनि जनकपुरमा प्रभाव पार्नेछन्।

चर्चित समाचार


भर्खरै प्रकाशित