अबैध रुपमा जग्गा कब्जा गरि लगाएको गाजा डिभिजन वन कार्यालय महोत्तरीद्वारा नष्ट

|

मंसिर १६,सप्तरी/चन्दन रजक। डिभिजन वन कार्यालय महोत्तरीले बर्दिवास नगरपालिका वडा नम्बर १० र ११ स्थित खयामरा छेउको वनक्षेत्रमा पर्ने जग्गामा लगाइएका गाँजागायतका बाली हटाएको छ ।

जिल्लाको खयामरा नौ स्थान वनको जग्गा अतिक्रमण गरी पाँच बिघा (करिब ४ हेक्टर)मा लगाइएका गाजा बालीलाई वनकर्मीहरूको टोलीले हटाएर जग्गा खाली गराएको हो । वनक्षेत्रको सो जग्गामा सोही क्षेत्रका केही बासिन्दाले गत एक वर्षयता खेतीपाती सुरु गरेका थिए ।

केही महिना अगाडि वनक्षेत्रको सो जग्गा अतिक्रमण गरी केही व्यक्तिले खेतीपाती गरिरहेको जानकारी डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख एवम् डिभिजनल वन अधिकृत अजय कुमार मिश्रालाई दिएका थिए । वन अतिक्रमणबारे सूचना प्राप्त भएपछि डिभिजनल वन अधिकृत मिश्राले तत्काल वनकर्मीहरूको टोली परिचालन गरी त्यहाँ लगाइएका बाली उखेलेर जग्गा खाली गराएका छन् ।

‘अतिक्रमणकारीहरूले यस वर्ष भने भर्खरै बाली लगाएका बेला त्यसबारे सूचना प्राप्त भएपछि तत्काल वनकर्मीहरूको टोली परिचालन गरेर जग्गा खाली गराएका छौँ। अधिकृतले भने”

अतिक्रमणमुक्त गराइएको जग्गामा यस आर्थिक वर्ष नै वृक्षरोपण गर्ने भएका छन्

चर्चित समाचार


भर्खरै प्रकाशित