मंसिर १२, डेस्क। आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन्। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका –४ छतौनामा आमा छोराको हत्या गरी शव जलाएर फरार भएका वर्ष ४८ का महमद जनिफलाई घटनाको ४ वर्ष पछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।
दुर्गाभगवती ४ बस्ने समरुदिन मियाँ कवारीको श्रीमती वर्ष २२ की हुस्नेयारा खातुन र निजको छोरा वर्ष २ को रेहानको २०७७ वैशाख ११ गते राति ८ बजे हत्या गरी जनिफले मसुरोको भुसमा बलि रहेको आगोमा शव फाली फरार भएका थिए।
दुर्गाभगवती गाउँपालिका पिपरा बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी निजमाथि कर्तव्य ज्यान कसुर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता रायले बताएका हुन् ।






