मंसिर ८,डेस्क । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट एक लाख भिख मागेको आरोप लगाएका छन् ।
एमालेले सडक फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेपछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले एक लाख रुपैयाँ भिक मागेको बताएका हुन् ।
शुक्रवार काठमाडौँ महानगरपालिकाले जागरण सभा गरेर एमालेले सडक फोहोर गरेको भन्दै एक लाख जरिवाना तिराउने निर्णय गरेका थिए ।







