कपिलवस्तुबाट साढे २० लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

|

६ कात्तिक,डेस्क । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

सोमबार बेलुकी करिब ९ बजे, कृष्णनगर नगरपालिका-२ लिङ्गेटमा चेकिङ गरिरहेको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका दुई गाडीमा जाँच गर्दा उक्त रकम बरामद गरेको हो।

यूपी ४५ ए.एस. ६६६३ नम्बरको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूमा महाराष्ट्र, राइगड जिल्लाका ३३ वर्षीय सलमान कुरेसिया र सोही जिल्लाका उमेश सखाराम खंडागले रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको अधिकारीले बताए।

चर्चित समाचार


भर्खरै प्रकाशित