असोज ३०,डेस्क । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।
बुधबार प्रतितोला सुनको भाउ हालसम्मकै उच्च बिन्दु १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि असोज १८ गते प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँको रेकर्ड कायम भएको थियो।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँले बढेको हो, जहाँ अघिल्लो दिन यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १९२५ रुपैयाँमा रहेको चाँदीको भाउ यस दिन १९५० रुपैयाँ कायम भएको छ। असोज २० गते चाँदीको मूल्य प्रतितोला १९८५ रुपैयाँसम्म पुगेको थियो।





