आसोज २८ , डेस्क। एलन मस्कको टेस्लाले सार्वजनिक गर्यो नयाँ Optimus रोबोट, जसले बोल्न सक्छ, समान बोक्न, घरपालुवा जनावर हिँडाउने र बच्चाहरूको हेरचाह गर्नसक्छ
टेस्लाका सीईओ एलन मस्कले पुनः भविष्यको कल्पना साकार गर्ने अर्को कदम चालेका छन्। टेस्लाले हालै नयाँ ‘Optimus’ रोबोट सार्वजनिक गरेको छ, जसले विभिन्न काम गर्न सक्ने अद्भुत क्षमता राख्छ। यो रोबोटले सामानहरू बोक्न, बच्चाहरूको हेरचाह (बेबीसिटिङ) गर्न, घरपालुवा जनावरहरूलाई घुमाउन तथा अन्य दैनिक जीवनका कामहरू सहजै गर्न सक्छ।
बोल्न सक्ने क्षमताको साथमा, यसले मानिसहरूलाई विभिन्न तरिकाले मद्दत पुर्याउन सक्छ। मस्कले यसलाई मानिसहरूको दैनिक जीवनलाई सजिलो बनाउने यन्त्रको रूपमा वर्णन गरेका छन्। Optimus को यो नयाँ भर्सनले रोबोटिक क्षेत्रको ठूलो फड्को भएको बताइँदैछ।






