२२ असोज, । सरकारले ५७ थप हिमालहरू आरोहणका लागि खुला गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ती हिमालमा पर्वतारोहण गतिविधि सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार, नेपाल हिमालहरूको देश भए तापनि धेरै हिमालहरू आरोहणका लागि नखुलेको अवस्थामा ५७ हिमालहरू थप खुला गर्ने निर्णय गरिएको हो।
यी हिमालहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन र व्यवस्थापन गर्ने गरी खुला गरिएको हो। पर्यटन विभागले ती हिमालहरूको व्यवस्थापन गर्दै आएको छ।






