रौतहटमा नक्कली नोटसहित दुई जना पक्राउ

|

रौतहटमा नक्कली नोटसहित दुई जना पक्राउ
२० असोज, डेस्क । नक्कली नोटसहित दुई जनालाई रौतहट प्रहरीले हिरासतमा लिएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले हिरासतमा लिएको हो।
हिरासतमा लिईएकाहरूमा गढीमाई नगरपालिका–५ निवासी ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन्।

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी टोलीले चपुरबाट गौरतर्फ जाँदै गरेको बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूलाई नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित