आज विश्वकर्मा भगवान् को पुजा

|

असोज १,डेस्क। आज विश्वकर्मा भगवानको पूजा आरधना गरी विश्वकर्मा पूजा गरिएको छ ।

आज आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजारलगायतको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रमन्थनमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित