एक हजार रुपैयाँका ११५ थान नक्कली नोटसहित एक जना पक्राउ

|

भाद्र ३१, डेस्क। ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।

नेपाली एक हजार रुपैयाँका ११५ थान नोटसहित प्रहरीले सिन्धुपल्चोकको सुनकोशी गाउँपालिका ३ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्कालाई प्रहरीले पक्राउ गरेको हो।

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका-८ सौगलमा उनले भाडामा लिएको कोठाबाट एक हजार दरका ११५ थान नक्कली नोट र फोटोकपी मशिनसहित नियन्त्रणमा लिइएको हो । रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित