भाद्र ३१, डेस्क। आज (सोमबार) फेरी नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार रेकर्ड माथि रेकर्ड बनिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम गरेको छ। अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको छ ।





