जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु साह विजय

|

भाद्र ३०, डेस्क। जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु साह विजय भएकी छिन्।

केहीबेर अगाडि सम्पन्न भएको मतगणनाअनुसार महिला उपाध्यक्ष पदमा जम्मा ३५७० मत खसेको थियो, ती मध्य रिंकु साहले १६७२ मत प्राप्त गरेर उनि विजय प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी माया साहले १ हजार १४४ तथा सरिता ठाकुरले ६५५ मत पाएकी छिन्।

आफ्ना प्रतिद्धन्द्धी माया साहलाई ५२८ मतले पराजित गर्दै रिंकु विजयी भएकी छन् । महिला उपाध्यक्ष पदमा ७४ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित