विश्वकर्मा पूजा नजिकिएसँगै धमाधम सजाइँदै छन् मूर्तिहरु

|

भाद्र ३०, डेस्क। विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने काम धमाधम चलिरहेको छ। धनुषा, महोत्तरी लगायतका क्षेत्रहरुमा अहिले विश्वकर्माको मूर्तिलाई अन्तिम स्वरूप दिने काम तीव्र गतिमा भइरहेको छ।

विश्वकर्मा पूजाको मूर्ति बनाउने ठाउँमा मूर्तिकारहरु विश्वकर्मा बाबाका मूर्ति सजाउनमा व्यस्त देखिन्थे। विश्वकर्मा पूजा असोज ०१ गते भएकोले अब मात्र दुई दिन बाँकी भएकोले मूर्तिकारहरु मूर्ति सजाउनमा व्यस्त देखिन्छ।

प्रत्येक मूर्तिको आकारअनुसार ५ हजार देखि २० हजारसम्म पर्ने मूर्ति कारखानाको सञ्चालकहरुले जानकारी दिएका छन् । विभिन्न मेसिनरी सामान बनाउने र ग्यारेजहरूको लागि अर्डरअनुसार मूर्ति पनि तयार गरिएको छ।

नेपालमा विश्वकर्मा पूजाको विशेष महत्व रहेको छ। विश्वकर्मा पूजाको दिनमा विशेष गरी सवारीसाधनहरूको पूजा गर्ने प्रचलन रहेको छ। आफ्ना ग्यारेज कारखानालाई सजिसजाउ गरेर विश्वकर्माको मूर्ति स्थापना गरिन्छ र भोलिपल्ट उक्त मूर्तिलाई सेलाउने गरिन्छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित