भाद्र ३०, डेस्क। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । हिजो शनिबार महासंघ केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो ।
प्रकाशित कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, असोज ४ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुने जनाइएको छ ।







