भाद्र २९,डेस्क। नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको चुनाव आगामी असोज १२ गते हुने भएको छ । यही असोज ५ गतेका लागि तय भएको निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो ।
कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन असोज १२ गते शनिबार गर्ने गरी सम्पूर्ण तयारी गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिएका हुन् ।





