रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

|

भाद्र २८, डेस्क। रौतहटमा करेन्ट लागेर एक जना ब्यक्तिको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेल रहेको रौतहट प्रहरीले जनाएको हो।

आफ्नै खेतमा सिञ्चाईका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित