सुनको मुल्यले रेकर्ड माथि रेकर्ड बनाउदै, कतिमा हुँदैछ कारोबार ?

|

भाद्र २८, डेस्क। आज (शुक्रबार) फेरी नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि गत बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार चार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार नौ सय रूपैयाँले बढेर तोलामै डेढ लाख भन्दा बढी पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि सुनको भाउ एक लाख ५६ हजार तीन सय रूपैयाँ तोकेको छ ।

त्यस्तै आज शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित