६४ जना प्रहरी इन्स्पेक्टर र २५६ जना असईको भर्ना खुल्यो

|

भाद्र २८, डेस्क। नेपाल प्रहरीमा तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २५६ जनाका लागि भर्ना खुलेको हो । प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो ।

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) ३ सय २० जनाको आवेदन माग गरेको छ । दरखास्त फारम दर्ता मिति भाद्र ३० गतेदेखि असोज ३० गतेसम्म तोकिएको छ ।

प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ।

प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

insp_asi_bigyapan-2081-05-28

चर्चित समाचार


भर्खरै प्रकाशित