भाद्र २७,डेस्क। नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ ।
त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा एक समारोहका बीच हरियो तरकारी कतार पठाइएको हो। समारोहमा सीएफआरडीका पदाधिकारी, कार्यक्रममा आबद्ध नेपाली उत्पादकलगायतले कतारी अधिकारीहरूलाई तरकारी हस्तान्तरण गरेका थिए।
ग्रामीण विकासका लागि चाइना फाउन्डेसन (सीएफआरडी)को कृषि प्रवर्द्धन कार्यक्रममा नेपाली किसानले फलाएको तरकारी बिहीबार कतार पठाइएको हो। कतार पठाइएका तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, करेलालगायत रहेका छन् ।





