भाद्र २७, डेस्क। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्।
श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको लागि उनले भदौ १२ गते जिल्ला अदालत ललितपुरमा मुद्दा हालेका छन्। उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरले जानकारी दिएका हुन्।
राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन्। उनकी श्रीमती रानी भारतीय नागरिक हुन्। उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेका छन्।
उनीहरूका दुई छोरी र एक छोरा छन्। छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन्। ४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।





