महोत्तरी : भङ्गहा नगरपालिका घर भई काठमाडौँ बस्ने चिकित्सक यादव ५ महिनादेखि बेपत्ता

|

भाद्र २७, डेस्क। महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर ०२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव पाँच महिनादेखि बेपत्ता भएका छन् ।

काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर जाँदा गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन भएको परिवारजनले बताएका छन्। उनको परिवार यादव सम्पर्कविहीन भएको भन्दै उनको खोजीका लागि परिवारले स्थानीय प्रशासनसमक्ष हारगुहार गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो। सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताए।

उनको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित