वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा श्रीमतीको हत्या र २ छोरी घाइते, श्रीमान पक्राउ

|

भाद्र २६, डेस्क। वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुदा बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएकी दुई छोरी समेत घाइते भएकी छिन्।

बाराको निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

डीएसपी सापकोटाका अनुसार हिजो मंगलबार साँझको समयमा श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए ।

त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएको डिएसपी सापकोटाले बताए । उनको अनुसार आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । जेठी छोरी गंगाको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

विमललाई पक्राउ गरी यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित