भाद्र २६, डेस्क। बारामा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्माको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
सोमबार राति घरमा सुतिरहेका बेला “गोमन सर्प” ले टोकेर सिकिस्त भएका बालकलाई आफन्तले ढिलो गरी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाले जानकारी दिएका छन्।





