भाद्र २५, डेस्क। ललितपुरको धापाखेलबाट श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
यही भदौ १२ गते राति खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७ घर भइ ललितपुर महानगरपलिका – २४ धापाखेल नखुडोल बस्दै आएकी ३५ वर्षीया शशिकला राई आफ्नै बेडमा मृत अबस्थामा फेला परेकी थिइन्।
यस घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा निजकै श्रीमान वर्ष ३३ को भक्तिराज राईले कर्तब्य गरि शशिकलाको हत्या गरेको खुलेको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
‘पत्नी हत्या अभियोगमा भक्तिराजलाई पक्राउ गरि कर्तव्य ज्यान सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको छ,’ सुवेदीले भने।





