महोत्तरी : टयाक्टरको ठक्करबाट नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु, दुई घाइते

|

भाद्र २३, डेस्क। महोत्तरीमा टयाक्टरको ठक्करबाट एउटा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ। भने अन्य दुई बालबालिका घाइते भएका छन्।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका- ३ इँटाटारमा विद्यालय जाँदै गरेकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो। नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोकी ९ वर्षीया छोरी जिया सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घाइते दुबै जनाको अवस्था सामान्य रहेको छ ।

स्थानीय जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३ मा अध्ययनरत बालिकालाई आज बिहान विद्यालय जाँदै गर्दा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ। घटनापछि ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। शवको पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित