भाद्र २३, डेस्क। झापामा गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल, विधान थापा र दमक नगरपालिका-४ का गीता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । गत त भदौ १८ गते रातको समयमा झापा दमक नगरपालिका वडा नं २ बस्ने लछुमन विष्टको वडा नं. १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो ।
उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगि काटेर मासु लगेको उजुरीका आधारमा अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।






