भाद्र २३, डेस्क। सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा एक जना पुरुष आँपको रुखमा झुन्डिएर आत्महत्या गरेका छन ।
सर्लाही जिल्लाको बरहथवा नगरपालिका- ४ कछरिया निवासी अन्दाजी ५० वर्षीय अछेलाल कुवर झुन्डिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।बरहथवा नगरपालिका वडा नं.१५ हरपुर्वा भन्दा लगभग ५० मिटर उत्तरपट्टीको दुरिमा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले घटना स्थलमा पुगि मुचुल्का उठाइरहेको र यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ । साथै यस घटनाको बिस्तृत विवरण आउन बाकी रहेको छ ।






