भाद्र २१,महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका स्थित सिंग्याहीमा भव्य दुर्गा मेला लाग्ने भएको छ । भंगहा नगरपालिका वडा नं. ०२ सिंग्याहीमा दशैंको अवसरमा भव्य मेलाको आयोजना गरिएको हो।
यस पालिको मेलालाई शान्त र सभ्य तरिकाले सम्पन्न गर्नलाई मनोहर यादवलाई अध्यक्षको जिम्मेवारी दिएको छ।
पहिलादेखि नै लाग्दै आएको मेलाको रौनक,सभ्यता र झिझिया नाचको शान्तिपूर्ण प्रस्तुतिको व्यवस्था रहने अध्यक्ष यादवले जानकारी दिएको छ।
महोत्तरी जिल्लाभारिनै दुर्गा मेला यसपाली विभिन्न कार्यक्रम गरि नौलो तरिकाले भव्य रुपमा मनाईने यादवले बताएको छ।
आज गाउँलेहरुको सामुहिक बैठक गरि मेलाको कार्यक्रम बारेमा जानकारी गराएको छ। उक्त मेला गाउँलेहरुले सामुहिक रुपमा आयोजना गरेको हो।





