दुई नाबालिग छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ

|

भाद्र १९, डेस्क। दुई नाबालिग छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई नाबालिकाकी आमा ( अस्मिता कार्की) लाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अस्मिताले दुई छोरीलाई विष खुवाएर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छिन् । पहिला आफूले विष खाएको र त्यसपछि छोरीहरूलाई खुवाएको बयान उनले दिएकी छन् । श्रीमान् अर्जुन र अस्मिता सुन्दरहरैँचा–७ मा भाडाको घरमा बस्दै आएका थिए ।

श्रीमान् अर्जुनसँग विवाद भएपछि अस्मिताले नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणालाई लिएर हिँडेकी थिइन्। अस्मिताले श्रीमानलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको प्रहरीले जनाएको छ । यस घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित