मलेसिया: आफ्नै साथीले चक्कु प्रहार गरी एक नेपालीको हत्या

|

भाद्र १८, डेस्क। मलेसियामा एक नेपाली युवकको हत्या भएको छ ।

सिराहा जिल्ला घर भएका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो । उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका आरोप लागेको छ । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।

साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको मलेसियन प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित