भाद्र १८,डेस्क। बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेको बेला छुटाउन गएका अन्य चार जना घाइते भएका छन्।
बैतडीको पाटन नगरपालिका–६ डुङरामा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि लुगा सुकाउने क्रममा करेन्ट लागेर ५७ वर्षीया जानकी लुहारको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिएका छन् ।
करेन्ट लागेर गम्भीर घाइते लुहारलाई उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार घाइते भएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





