भाद्र १७, डेस्क। नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज ५ गते हुने तय भएको छ। अध्यक्ष विपुल पोखरेलले आइतबार निकालेको विज्ञप्तिमा निर्वाचन मिति असोज ५ गतेलाई तोकिएको उल्लेख गरिएको छ।
असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले विज्ञप्तिमा भनेका छन् ।
सयसअघि सदस्यता शुद्धीकरणमा विवादका कारण दुई पटक तय गरिएको महासंघको निर्वाचन सरेको थियो । महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको अध्यक्ष पोख्रेलले दावी समेत गर्नुभएको छ ।
यो पटकको प्रयासबाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता तथा महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने विश्वास लिएको र शुद्धीकरणका क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनुपर्ने आवश्यकता समेत देखेको अध्यक्ष पोख्रेलले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।





