त्रिभुवन विश्वविद्यालयले माग्यो ११ क्याम्पस प्रमुख

|

भाद्र १७, डेस्क। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान गरेको छ।

आज सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो। योग्यता पुगेका इच्छुकले आजदेखि आगामी सात दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका लागि क्याम्पस प्रमुख माग गर्दै आवेदन खुलाएको हो। त्यस्तै डोटी बहुमुखी क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पस, काठमाडौंकै विश्वभाषा क्याम्पस, सुर्खेतको सुर्खेत क्याम्पस र जुम्लाको जुम्ला क्याम्पसका लागि प्रमुख माग गरिएको त्रिविले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित