सिरहा : “गोमन” सर्पले डस्दा एक युवतीको मृत्यु

|

भाद्र १६, डेस्क। सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा रहेकी छिन्। गएराति सुतेको बेला १२ बजे उनलाई “गोमन सर्प” ले टोकेको थियो ।

सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित