पेरिस पारा ओलम्पिक विजेता पलेशा गोवर्धनलाई राष्ट्रपति पौडेलको बधाई

|

भाद्र १५, डेस्क। नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा एतिहासिक कास्य पदक हात परेकोमा राष्ट्रपति रामचन्द्र पौडेलले गोवर्धनलाई बधाई दिएका छन्।

‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो,’ उनले भनेका छन् ।

पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गए राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक जितेका हुन्। पारा ओलम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बनेकी छन्।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उहाँले स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकमा छनोट भएकी थिइन्। छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्।

चर्चित समाचार


भर्खरै प्रकाशित