महोत्तरी : मनरासिस्वा नगरपालिकाद्वारा सरसफाई अभियान सुरु

|

भाद्र १४, महोत्तरी । महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाले नगर भित्र सरसफाई कार्यलाई बृहतरुपमा अघि बढाएको छ । पालिकाको दश वटै वडामा सरसफाई कार्यलाई निरन्तरता दिदै नगर सरसफाई अभियानलाई बृहत र प्रभावकारी परिणाम मुखि बनाउने लक्ष्य नगरपालिकाको रहेको छ ।

नगरपालिकामा पर्ने मुख्य राजमार्ग देखि ग्रामीण भेगका प्रत्येक टोल–टोललाई स्वच्छ,सुन्दर र आकर्षक बनाउनका निम्ति सरसफाई कार्यलाई बृहत बनाईएको छ । यस अन्तर्गत नगरका विभिन्न स्थानमा फोहर व्यवस्थापन,पुनः प्रयोग र रिसाइकलिंङका उपायहरु समेत प्रर्वतन गरिने योजना रहेको छ ।

नगरका वडाहरुमा नियमित रुपमा फोहोर संकलन र निष्कासनलाई अझ प्रभावकारी सहज र व्यवस्थित बनाउनका लागि नयाँ प्रविधिहरु र यान्त्रिक उपकरणहरुको आवश्यकता अनुसार प्रयोगमा ल्याउने व्यवस्थापन गरिने छ ।

यसले नगरको दृश्य र वातावरणमा मात्र सुधार गर्ने होईन, बरु स्थानिय बासिन्दाको स्वास्थ्य र जीवन स्तरमा समेत सकारात्मक प्रभाव पार्ने छ । सरसफाई कार्यलाई बृहत गरेसँगै नगरका सबै नागरिकलाई स्वच्छता र स्वास्थ्यका महत्वबारे जागरुक र सचेत बनाउने कार्यमा पनि जोड दिने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।
नगरवासीलाई स्वच्छ र हरित वातावरण प्रदान गर्ने प्रतिबद्धता तथा वातावरणीय गुण्स्तरमा सुधारले नगरको समृद्धिमा महत्वपूर्ण योगदान पुरयाउने भएकोले सरसफाई कार्यलाई बृहत रुपमा अघि बढाईएको नगरप्रमुख मोहन पाण्डेयले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित