भाद्र १२,डेस्क। आज धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आज बुधबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर -२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते भएकी थिइन्।
घाइते भएकी उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएका छन् ।






