सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

|

भाद्र १२, डेस्क। आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज एकैदिन तोलामा ८०० रुपैयाँले बढेर तोलामै डेढ लाख भन्दा बढी पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित