सुरू भयो रास्वपाको केन्द्रीय समिति बैठक

|

भाद्र ११, डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ।

केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ। यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो। त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधिइसकेको छ। पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ।

उनलाई अब रास्वपाका साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लागिएको हो। यस्तै आज बस्ने बैठकले स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधि बनाउने छ। बैठकले समसामयिक पार्टी गतिविधिबारे पनि छलफल गर्नेछ।

चर्चित समाचार


भर्खरै प्रकाशित