सुर्खेतबाट बुटवल जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते

|

भाद्र ११, डेस्क। पूर्व–पश्चिमी राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

आइतबार सुर्खेतबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उक्त बसमा चालकसहित २४ जना यात्रु रहेका थिए ।

घाइते केहीको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको छ। बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ। अन्यको स्थानीय अस्पतालहरूमा उपचार जारी छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित