भाद्र ११, डेस्क। खोटाङमा पोखरीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–०३ बाङाका गईन्द्र राईका ६ वर्षीय छोरा संगम राई र तीन वर्षीया छोरी सम्वृद्धि राईको पोखरीमा डुवेर मृत्यु भएको हो ।
हिजो सोमबार दिउँसो करिब २ बजेतिर घरबाट हराएका संगम र संवृद्धिलाई उनीहरुकी आमा ममता राईले साँझ करिब ५ः४५ बजेतिर घरदेखि केही टाढा रहेको सिँचाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेकी थिइन् । सामान्य रूपमा हात खुट्टा चलाइरहेको अवस्थामा उद्धार गरेर घरमा ल्याएको केही समयमा नै बच्चाहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भने प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएका छन् ।






