सुनको भाउ एक सय रुपैयाँले घट्यो

|

भाद्र ०९,डेस्क। सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ।

आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी महासङ्घले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित