सुनकोशीमा खसेको गाडी भेटियो, तीनजना यात्रु बेपता

|

भाद्र ०९, डेस्क। सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनीलकुमार खड्काका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो। उक्त गाडी अहिले नदी किनारमा राखिएको छ।

पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका छन् । गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका छन् ।

डिएसपी खड्काका अनुसार गाडीबाट हामफालेका भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कपाली घाइते छन्। उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ। भने अन्य तीन जना भने बेपत्ता छन्।

बेपत्ता हुनेहरूमा जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु, ३७ वर्षीय बलराम घटुवा रहेका छन्। उनीहरूको खोजी कार्य भईरहेको डिएसपी खड्काले जानकारी दिएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित