भाद्र ०९, महोत्तरी। महोत्तरीमा एक जना जनप्रतिनिधि मृत फेला परेका छन ।
मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका घरबाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकबाट रगत वगेको, तिघ्रामा चोट पटक र केही निलडामसमेत देखिएको छ ।
यादव मृत फेला परेको ठाउँमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
अहिले घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेको छ । घटनाको थप जानकारी पोष्टमार्टमपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।





