तनहुँ बस दुर्घटना अपडेट : ४ जना बेपत्ता, खोजि कार्य जारी

|

भाद्र ०७, डेस्क। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना भएको छ।

उक्त बसमा चालकसहित जम्मा ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बताएका छन् । उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित